शहीद स्मारक ‘सी’ डिभिजन लिग: स्वयम्भुको पहिलो जीत

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । शहीद स्मारक ‘सी’ डिभिजन लिगमा आज भएको खेलमा स्वयम्भुले पहिलो जीत दर्ज गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा स्वयम्भुले ओसिस क्लबलाई तीन एक गोलअन्तरले पराजित गरेको हो । स्वयम्भुका लागि सविन गुरुङ, कुमार दोङ र विक्की राईले गोल गर्नुभएको हो ।

यस्तै ओसिसका लागि सान्त्वना गोल राजन पुन मगरले गर्नुभयो । खेलको ३८औँ मिनेटमा स्वयम्भुका लागि सविनले पहिलो गोल गर्नुभएको थियो । खेलको ४३औँ मिनेटमा कुमारले स्वयम्भुका लागि दोस्रो गोल गर्नुभयो ।

यस्तै खेलको ८९औँ मिनेटमा विक्की राईले स्वयम्भुका लागि तेस्रो गोल गर्नुभयो । ओसिसका लागि भने एक मात्र गोल खेलको ६८औँ मिनेटमा राजन पुनमगरले गर्नुभयो ।

जीतसँगै स्वयम्भुले दुई खेलबाट तीन अङ्क जोडेको छ । दुई खेलमा पराजित ओसिस अङ्कविहीन अवस्थामा छ । यही चैत २४ गतेसम्म सञ्चालन हुने ‘सी’ डिभिजन लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्