म्यासेज नहेरेका कारण केही साथी बालुवाटार पुग्नु भएछ : माधव नेपाल

प्रकाशित मिति : असार २, २०७८ बुधबार


नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्रीसमेत रहेका पार्टीका अध्यक्ष केपी शर्मा ओली सच्चिने लक्ष्यण नभएको बताएका छन् ।

आफू पक्षधर सांसदहरु बालुवाटार पुग्दा आत्मसम्मान महसुस गर्न नसकेको नेता नेपालले बताए ।

बुधबारबाट ललितपुरमा जारी राष्ट्रिय कार्यकर्ता भेला समापनका अवसरमा विभिन्न प्रश्नका जवाफ दिने क्रममा नेपालले बालुवाटार पुगेकाले आत्मसम्मान महसुस गर्न नसकेको बताएका हुन् ।

आज बालुवाटारमा बोलाइएको एमालेको संसदीय दलको बैठकमा जाने निर्णय उक्त समूहले गरेसँगै केही सांसद त्यसतर्फ गएका थिए । तर जाँदै गर्दा पुन बैठकमा सहभागी नहुने निर्णय भएको थियो ।

निर्णय भएको भएपनि केही सांसद थाहा नपाएर बालुवाटार पुगेको तर त्यहाँ अपमान भएको नेता नेपालको भनाइ थियो । नेपालले भने, ‘हाम्रा साथीहरूलाई शुरूमा जान भनिएको थियो, तर पछि नजानु भनेर म्यासेज गरियो । तर, उहाँहरूले म्यासेज हेर्नुभएन छ । उहाँहरूलाई चित्त पनि दुख्यो । मैले माफी मागिसकेँ । यसलाई नकारात्मकरूपमा नसोच्नुहोला, उनले भने,‘केही साथी संसदीय दलको बैठकमा पुग्नु भएछ। त्यहाँ पुग्नेले आत्मसम्मान महसुस गर्न सक्नु भएनछ। ओली सच्चिने लक्षण छैन ।


प्रतिक्रिया दिनुहोस्