माओवादीले ब्युँतायो वाईसीएल, जेठ २८ देखि ३० सम्म राष्ट्रिय भेला

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) ले युवासंठन योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल)ब्युँताएको छ।

सो संगठनको पछिल्लो बैठकले राष्ट्रिय भेला आउँदो जेठ २८ देखि ३० गतेसम्म रागर्ने निर्णय भएको छ।

बैठकले २०७७ चैत्र महिनाभित्र सदस्यता वितरण गर्ने, बैशाख महिनाभित्र स्थानीय तहदेखी जिल्लाका भेलाहरु सम्पन्न गर्ने, आगामी २०७८ जेठ महिनाको २० गतेभित्र प्रदेश भेलाहरु सम्पन्न गरि जेठ २८,२९ र ३० गते काठमण्डौमा राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो।

सर्वोच्च अदालतले माउ पार्टी ब्युँताएपछि काठमाडौंमा चैत्र ४ र ५ गते बसेको वाईसीएल नेपाल केन्द्रीय समितिको चौथो पूर्ण बैठकले सम्मेलन गर्ने निर्णय गरेको हो।

भेलाले नयाँ नीति र नेतृत्व चयन गर्ने वाइसीएलका सचिव पुष्प ओलीले बताएका छन्।

संगठनलाई चलायमान गराउनका लागि भन्दै राष्ट्रिय भेला अगावै टोल कमिटीदेखि प्रदेश कमिटी सम्मका भेलाहरू आयोजना हुने र राष्ट्रिय भेलाका प्रतिनिधिहरू प्रदेश भेलाबाट चुनिएर आउने सचिव ओलीले बताए।

बैठकले राष्ट्रिय भेला अगावै दुई लाख नयाँ सदस्यता विस्तार गर्ने निर्णय समेत गरेको छ।


प्रतिक्रिया दिनुहोस्