एमालेमा नेताहरू मात्रै मिलेर कार्यकर्ता मिल्ने सम्भावना छैन: माधव नेपाल

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी तल्लो तहसम्मै विभाजनको स्थितिमा रहेको बताएका छन् ।

उनले अहिले पार्टीमा देखिएको विवाद समाधानका लागि आफूहरु(नेता) मात्र मिल्ने अवस्था नभएको बताए । नेता मात्र मिलेर कार्यकर्ता नमिल्ने अवस्था बनेको उनले बताए ।

बुधबारदेखि सुरु झलनाथ खनाल–माधव नेपाल पक्षको कार्यकर्ता भेलामा सहभागीले उठाएका सवालको जवाफ दिँदै नेता नेपालले तल्ला तहसम्मै विभाजनको स्थिति रहेको बताएका हुन्

‘नेताहरू मात्रै मिलेर मिल्ने सम्भावना छैन। केपी ओली पक्षले कार्यकर्ता तहमा समेत कूप्रचार गरेको छ’, बुधबार छलफलका लागि गठन गरिएको १० समूहबाट आएको सुझावमाथि जवाफ फर्काउँदै नेपालले भने । उनले सहभागीले उठाएका सवालहरुको जवाफ दिइरहेका छन् ।
त्यसअघि उक्त समूहको स्थायी कमिटी बैठक बसेको थियो ।


प्रतिक्रिया दिनुहोस्