चितुवाको छाला र हड्डीसहित एक जना पक्राउ

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । चितुवाको छाला र हड्डीसहित एक जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको छ ।

प्रहरीले काभ्रे खानीखोला गाउँपालिका-७ का ३४ वर्षीय टेकबहादुर थिङलाई मंगलबार आखेटोपहारसहित पक्राउ गरेको हो ।

सिआइबीले संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रूपमा ओसार-पसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचना पाएको थियो ।

सो सूचनाको आधारमा खटिएको टोलीले काभ्रे बेथानचोक गाउँपालिका-२ ग्वाभञ्ज्याङ्गबाट चितुवाको छाला र हड्डीसहित थिङलाई पक्राउ गरेको हो ।

थिङमाथि थप अनुसन्धान गर्न डिभिजन वन कार्यालय, धुलिखेल, काभ्रेपलाञ्चोकमा पठाइएको छ।

 


प्रतिक्रिया दिनुहोस्