कार्यकर्ताले उठाएका प्रश्नको जवाफ खोज्न नेपाल समूहको स्थायी कमिटी बैठक

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । राष्ट्रिय कार्यकर्ता भेलामा नेता तथा कार्यकर्ताले उठाएका प्रश्नको जवाफ खोज्न एमालेको माधव नेपाल पक्षको स्थायी कमिटी बैठक बसेको छ ।

बुधबारदेखि शुरु भएको भेला सक्नुअघि कार्यकर्तालाई नेताले दिने प्रश्नको जवाफ खोज्न स्थायी कमिटी बैठक बसेको उक्त पक्षका एक नेताले जानकारी दिए ।

भेलामा १० वटा समूह बनाएर समसामयिक विषयमा छलफल भएको थियो । उक्त समूहले दिएको सुझावमाथि बैठकमा छलफल भइरहेको बताइएको छ ।

बैठकपछि नेता माधवकुमार नेपालले भेलालाई जावाफ दिनेछन् । उक्त पक्षको राष्ट्रिय भेला बिहीबार नै सकिने छ।

 


प्रतिक्रिया दिनुहोस्