नेपाल पक्षको भेलामा जाने सांसद नफर्के कारवाही गर्ने निर्णय

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको नेकपा एमालेको संसदीय दलको बैठकले माधव नेपाल पक्षका सांसदहरुलाई आत्मालोचनासहित पार्टी र दलमा फर्किन आह्वान गरेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले आत्मआलोचना गर्दै बैठकमा नफर्के विधान अनुसार स्पष्टिकरण सोध्ने र कारवाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

आजको बैठकमा नेपाल पक्षका केही सांसद बाहेक अधिकांश सहभागी छैनन्। बैठक अहिलेपनि बालुवाटारमा जारी छ।

एमालेको आजको बैठकले विशाल भट्टराई, शेर बहादुर तामाङ र विमला राई सदस्य रहेको विधान संशोधन समिति पनि गठन गर्ने निर्णय गरेको छ।


प्रतिक्रिया दिनुहोस्