नेपाल पक्षका लागि पार्टी विभाजन सम्बन्धी अध्यादेश ल्याउन तयार : प्रधानमन्त्री ओली

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई सहज हुने गरि पार्टी विभाजन सम्बन्धी अध्यादेश ल्याउन तयार रहेको बताएका छन्।

एक अन्तरवार्तामा प्रधानमन्त्री अ‍ोलीले हाल नेकपा विभाजनका लागि कानुनी जटिलता उत्पन्न भइरहेका बेला आफू त्यसका लागि सहज वातावरण बनाउन भूमिका खेल्न तयार रहेको बताएका हुन।

नेपाल पक्षले चाहेको हो भने आफूले विभाजनसम्बन्धी अध्यादेश ल्याइदिने ओलीले बताए।

राष्ट्रिय भेला गरेर माधव नेपाल पक्षले ठूलो गल्ती गरेको भन्दै अ‍ोलीले अब सो पक्षले माफी नमागेसम्म पार्टी एकता हुने सम्भावना नरहेको बताए।


प्रतिक्रिया दिनुहोस्