पत्नी गएकी थिइन् तिर्थ, पंखामा झुण्डिएको फेला परे सांसद

प्रकाशित मिति : असार २, २०७८ बुधबार


भारत । भारतीय जनता पार्टीका एक जना सांसदले आत्महत्या गरेका छन् ।

हिमाञ्चल प्रदेशको मण्डीबाट बीजेपीका सांसद रहेका रामस्वरुप शर्मा बुधबार घरको पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेको हुन् ।

इण्डिया टुडेका अनुसार ६२ वर्षीय शर्मा ६ महिनायता उपचाररत थिए । पत्नी तिर्थयात्रामा गएपछि एक्लै रहेका शर्मा मंगलबार संसद बैठकमा पनि अनुपस्थित रहेको जनाइएको छ ।

विहान घरमा ढोका नखुलेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले उनको कोठाको ढोका फुटाएर हेर्दा उनी पंखामा झुण्डिरहेका थिए । प्रहरीले उनको खाटबाट केहही औषधि फेला पारेको जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस्