माओवादी केन्द्र छाडेर एमाले तर्फ लागे पूर्वराज्यमन्त्री जबेगु

प्रकाशित मिति : असार ३, २०७८ बिहीबार


काठमाडौं । नेकपा माओवादी केन्द्रका तत्कालिन पोलिटब्युरो सदस्य श्रीप्रसाद जबेगुले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादी केन्द्र छाडेका छन्।

उनी माओवादी केन्द्र छोडेर केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेमा प्रवेश गरेका छन्।

जबेगु संविधानसभा सदस्य समेत हुन। उनी दोस्रो संविधानसभामा माओवादीबाट समानुपातिक सभासद थिए।

जबेगु २०७३ सालमा प्रचण्डको नेतृत्वमा गठन भएको सरकारमा संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री र पशुपंक्षि बिकास राज्यमन्त्री थिए।

उनी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता हुनुअघि नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य थिए।

 


प्रतिक्रिया दिनुहोस्