४० अंकले बढ्यो नेप्से, १५ कम्पनीको सेयर मूल्यमा सर्वाधिक वृद्धि

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज ४० अंकले बढेको छ।

अघिल्लो दिनभन्दा ४०.४ अङ्क अर्थात् १.६९ प्रतिशत परिवर्तन भएर नेप्से इन्डेक्स २४३२.१५ अङ्कमा आज बजार बन्द भएको छ।

आजको कारोबार समयमा नेप्से इन्डेक्स बढीमा २४३२.४०२४ र कममा २३९०.०४८४ पुगेको थियो।

क बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स आज ८ ११ अंक अर्थात १८८ प्रतिशतले बढेको छ।

आज ८६२६६६७ कित्ता सेयर ३ अर्ब ३७ करोड बढी रुपैयाँमा कारोबार भएर बजार बन्द भएको छ।

नेप्सेमा सूचिकृत कूल २१२ कम्पनीको सेयर किनबेच भएको हो।

आज १५ कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशत हाराहारीले बढेको छ।

यसदिन कारोबार हेर्नेहो भने सबैभन्दा बढी नेपाल पूर्वाधार विकास बैंक (निफ्रा)को भएको छ। घलेम्दी हाइड्रो, गुडविल फाइनान्स लिमिटेड लगायतका केहि कम्पनीका लगानीकर्ताले गुमाए।


प्रतिक्रिया दिनुहोस्