लण्डन स्टक एक्सचेन्जमा बण्ड जारी गर्नेबारे नेप्सेले सोध्यो निफ्रालाई स्पष्टीकरण

प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार


काठमाडौं । नेपाल इन्फ्रास्टक्ट्रचर बैंक (निफ्रा) ले लण्डन स्टक एक्सचेन्जमा बण्ड जारी गर्ने भन्ने विषयमा स्पष्टीकरण सोधिएको छ ।

नेपाल स्टक एक्चेन्ज लिमिटेड (नेप्से) निफ्रालाई ण्डन स्टक एक्सचेन्जमा बण्ड जारी गर्ने भन्ने विषयमा विषयमा स्पष्टीकरण सोधेको हो ।

केही दिनअघि निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले चालू आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेन्जमा ३० मिलियन डलर बराबरको बोन्ड जारी गर्न लागिएको बताएका थिए ।

सीईओ खतिवाडाको भनाइलाई आधार मानी सञ्चारमाध्यमहरुले ‘निफ्राले लण्डन स्टक एक्सचेन्जमा बण्ड जारी गर्न लागेको’ भनेर समाचार प्रकाशन गरेका थिए ।

निफ्राले लण्डन स्टक एक्सचेन्जमा बण्ड जारी गर्न लागेको भनेर विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति नेप्सेले आफ्नो ध्यानाकर्षण भएको बताएको छ ।

नेप्सेका कायममुकायम सहायक प्रवन्धक सुवोध ढुंगेलले तीन दिनभित्र लिखित जवाफ पेश गर्न पत्राचार गरिएको बताएका छन् ।

लण्डन स्टक एक्सचेन्जमा बण्ड जारी गर्न लागिएको विषय केकति सत्य हो ? भन्दै नेप्सेले निफ्रालाई प्रश्न सोधेको छ ।
यसैगरी आगामी वर्ष १० प्रतिशत लाभांश दिने भन्दै भएको प्रचारबारे पनि नेप्सेले स्पष्टीकरण सोधेको छ ।


प्रतिक्रिया दिनुहोस्