प्रभुको हेलिकप्टर चरासँग ठोक्कियो

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । उडानकै क्रममा प्रभुको हेलिकप्टर चरासँग ठोकिएको छ ।

काठमाडौंबाट गोसाईंकुण्ड उडानको क्रममा हेलिकप्टर चरासँग ठोक्किएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने क्रममा प्रभुको हेलिकप्टर चरासँग ठोक्किएको विमानस्थल स्रोतले जानकारी दिएको हो ।

चरासँग ठोक्किएपछि हेलिकप्टर तत्कालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अवतरण गरिएको थियो।

हेलिकप्टरमा ५ जना यात्रु रहेका थिए । सबै यात्रु तथा चालक दलका सदस्यहरू सकुशल छन् ।

बिहान ९ बजेतिर उडानको क्रममा हेलिकप्टर चरासँग ठोक्किएको हो।


प्रतिक्रिया दिनुहोस्