बालुवाटारको चियापान छोडेर मुख्यमन्त्री हेलिकप्टरमा ससुराली पुगे

प्रकाशित मिति : असार २, २०७८ बुधबार


नेकपा एमालेको नेतासमेत रहेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई हेलिकप्टर लिएर ससुराली गएका छन् । केही साता अघि मात्र ५० बर्षीय मुख्यमन्त्री राईले २३ बर्षीय मोडल जाङ्मू शेर्पा सँग बिहे गरेका थिए ।

विवाहबन्धनमा बाँधिएका राई श्रीमतीका साथ् हेलिकप्टर चार्टर गरेर मंगलबार ससुराली गएका हुन् ।

राई दम्पत्ति हेलिकप्टर अगाडि मख्ख परेर उभिएको फोटो सार्वजनिक भएको छ । राईकी श्रीमती जाङ्ग्मु इन शेर्पाले फेसबुकमा फोटो शेयर गर्दै हेलिकप्टर चढेर माइती हिँडेको जानकारी गराएकी छन् । ‘भर्खरै आफ्नो जन्मस्थल संखुवासभा मकालु गाउँपालिकाको सेदुवा र नोर्बुको भ्रमण मेरो श्रीमान माननीय शेरधन राई र सबै सपरिवारका साथ गर्न पाउँदा असाध्यै खुशी लाग्यो ! म त जन्मिएको मात्रै,मेरो गाउँ अति नै सुन्दर रहेछ !! सबैले न्यानो स्वागत र सत्कार गर्नुभयो,धेरै खुशी लाग्यो’, उनले लेखेकी छन् ।

आफूहरु हेलिकप्टर लिएर पुगेका उनीहरुले गाउँको विकास नभएकोमा दुखेसो गरेका छन् । शेर्पाले अगाडि लेखेकी छन्, ‘मेरो गाउँ र ठाउँको लागि केही गर्नुपर्ने महसुस गरें, किनकि त्यहाँ सडक, विद्युत, शिक्षा,स्वास्थ्य र सञ्चारलगायतको पहुँचले जनतालाई जोड्न बाँकी रहेछ, अवश्य नै म र मेरो श्रीमान माननीय मुख्यमन्त्री शेरधन राईको ध्यानाकर्षण भएको छ !!! सबैप्रति हार्दिक आभार ब्यक्त गर्दछु ।’
ओली पक्षका नेता राई बालुवाटारमा चियापानको कार्यक्रममा सहभागी नभएर ससुराली पुगेका हुन् ।

माघ ११ गते राईले राजधानी काठमाडौंमा विवाह गरेका थिए । नवविवाहित जोडीलाई शुभकामना दिने विवाहस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारी देखि प्रधानमन्त्री केपी शर्मा अ‍ोली समेत पुगेका थिए ।

विवाहको केही दिनपछि जाङ्मूले आफ्नै युट्युब च्यालन मार्फत एक भिडियो सार्वजनिक गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्