अमेरिका र दक्षिण कोरियालाई किम कि बहिनीले दिइन् कडा चेतावनी

प्रकाशित मिति : असार २, २०७८ बुधबार


प्योङयाङ । उत्तर कोरियाले सोमबार दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यासको कडा शब्दमा भर्त्सना गरेको छ ।

उत्तर कोरियाको सरकारी सञ्‍चारमाध्यम सेन्ट्रल न्यूज एजेन्सीका अनुसार उत्तर कोरियाले सम्भावित सैन्य प्रतिकारको चेतावनी दिएको छ ।

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङले अमेरिकालाई कडा चेतावनी दिएकी छन् ।

उत्तर कोरियाली वर्कर्स पार्टीकी उपनिर्देशक जोङले एक विज्ञप्ति जारी गर्दै वार्ता र संवादको साटो दक्षिण कोरियाको आक्रामक सैन्य नीतिले दुवै देशबीचको शान्तिपूर्ण पुनर्मिलन समितिको बैठकलाई प्रभावित गर्न सक्ने बताएकी छन् ।

चार वर्ष राम्ररी सुत्ने भए आफ्नो देशको भूमिमा बारुदको गन्ध फैलाउन बन्द गर्न अमेरिका राष्ट्रपति जो बाइडेनको प्रशासनलाई उनले चेतावनी दिएकी हुन् ।

जोङले अमेरिका र दक्षिण कोरियाबीच गत सता सुरु संयुक्त सैन्य अभ्यासको विरोध गर्दै उत्तेजना फैलाउने काम गर्न चेतावनी दिएकी हुन् ।

‘हामी दक्षिण कोरियाको रवैया हेरिरहेका छौं। उसले उत्तेजना फैलाउने काम गर्यो भने हामी असाधारण तरिका अपनाउने छौं,’ चेतावनी दिँदै जोङले भनेकी छन्, ‘समुद्रबाट हाम्रो भूमिमा बारुदको गन्ध फैलाउन खोजिरहेको अमेरिकाको नयाँ प्रशासनलाई पनि म भन्न चाहन्छु– आउने ४ वर्ष राम्ररी सुत्न मन छ भने यस्ता काम गर्नु ठीक छैन।’


प्रतिक्रिया दिनुहोस्