ओलीको चियापान सुरु, माधव पक्षका यी नेता पुगे बालुवाटार

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । नेकपाका एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको चियापान कार्यक्रम सुरु भएको छ ।

मंगलबार बिहान ११.३० बजेबाट सुरु भएको चियापान कार्यक्रममा ओली समूहका अधिकांश केन्द्रीय सदस्य र सांसदहरु उपस्थित रहेका छन् ।

वरिष्ठ नेता झलनाथ खनाल– माधवकुमार नेपाल पक्षले बहिष्कार गरेको उक्त चियापान कार्यक्रममा नेपाल समूहका ३ सांसद र नेकपा विभाजनका बेला कुनै पनि समूहमा नखुलेका नेता लालबाबु पण्डित पनि उपस्थित रहेका छन् ।

त्यस्तै यसअघि नेपाल समूहमा खुलेका सांसदहरु समिना हुनेस, विष्णु शर्मा र राधादेवी ज्ञवाली पनि चियापानमा सहभागी भएका छन् ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा नयाँ परिस्थिति उत्पन्न भएको बताएका छन् । पार्टी एकीकरण गरिएको भएपनि केहहीले राष्ट्रिय राजनीतिलाई हुडेलेर एकतालाई अघि जान नदिएको ओलीले बताए ।

संसद विघटन किन गरिएको थियो भन्ने कुराको औचित्य पुष्टि हुने उनले बताए ।


प्रतिक्रिया दिनुहोस्