म्यानमार सेनाद्वारा थप जिल्लामा सैन्य कानुन लागू

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । म्यानमारमा सैन्य ‘कू’ विरुद्ध जारी आन्दोलनमा ठूलो रक्तपात भएको भोलिपल्ट आज सेनाले थप जिल्लामा पनि सैन्य कानुन लागू गरेको छ ।

गत फेब्रुअरी १ मा सेनाले सत्ता हत्याएपछि आन्दोलन चर्कदैं गएको छ । हिजो मात्र सुरक्षाकर्मीको गोली लागि कम्तिमा ५० जनाको मृत्यु भएको थियो । नजरबन्दमा राखिएकी नेत्री आङ सान सूचीलाई अदालतमा पेश गर्ने तालिका भएको एक दिनअघि अहिलेसम्मकै ठूलो रक्तपात भएको हो ।

तर सूचीलाई अदालतमा इन्टरनेटको माध्यमबाट पेस गर्ने योजना प्राविधिक कारणले स्थगित भएको जनाइएको छ । प्रदर्शनकारीहरुले नेतृ सूचीलगायत पक्राउ परेका नेताहरुको रिहाइ र प्रजातन्त्र पुनर्वहालीको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।

सेनाले निर्वाचनमा धांधली भएको आरोप लगाउंदै कू गरेको हो । तर त्यहाँको निर्वाचन आयोगले भने धाँधलीको कुनै प्रमाण नभेटिएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्