मोतियाविन्दु हटाउन अमिताभ बच्चनले दोस्रो पटक गरे आँखाको अपरेशन

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


मुम्बई । हिन्दी चलचित्र उद्योग (बलिउड)का अभिनेता अमिताभ बच्चनले दोस्रोपटक आँखाको अपरेशन (शल्यक्रिया) गराएका छन् ।

अमिताभले मोतियाविन्दु हटाउन दोस्रोपटक आँखाको शल्यक्रिया गराएका हुन् । आँखाको शल्यक्रिया पछि अहिले उनी ‘रेस्ट’मा छन् ।

माइक्रो ब्लगिङ साइट ट्वीटरमार्फत अमिताभले शल्यक्रियापछि आफ्नो स्वास्थ्यमा सुधार भइरहेको बताएका छन् ।

अमिताभले मोतियाविन्दुको शल्यक्रिया गर्न ढिलाइ गरे आँखाको ज्योति गुम्न सक्ने खतरा रहेकोतर्फ पनि आफ्ना फ्यानहरुको ध्यानाकर्षण गराएका छन् । अमिताभले समयमा नै आँखाको परीक्षण गराउन सबैलाई आग्रह पनि गरेका छन् ।

अमिताभले यसअघि पनि फ्रेबुअरीमा आँखाको शल्यक्रिया गराएका थिए ।


प्रतिक्रिया दिनुहोस्