नेप्से १८ अंकले घट्दा ३ कम्पनीको सेयर मूल्यमा सर्वाधिक वृद्धि

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । साताको दोस्रौ दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १८ अंकले घटेको छ।

अघिल्लो दिनभन्दा १८.०७ अङ्क अर्थात् ०.७५ प्रतिशत परिवर्तन भएर नेप्से इन्डेक्स २३८९.१९ अङ्कमा आज बजार बन्द भएको छ।

आजको कारोबार समयमा नेप्से इन्डेक्स बढीमा २४३२.९५०३ र कममा २३७९.७८०३ पुगेको थियो।

आज ९६ लाख बढी कित्ता सेयर ४ अर्ब २४ करोड बढी रुपैयाँमा कारोबार भएर बजार बन्द भएको छ। नेप्सेमा सूचिकृत कूल २१२ कम्पनीको सेयर किनबेच भएको हो।

आज सबैभन्दा धेरै चन्द्रागिरी हिल्सका लगानीकर्ताले प्रतिकित्ता ८८ रुपैंयाले कमाएका छन्। यस्तै, घलेम्दी हाइड्रो र पञ्चकन्यामाई हाइड्रोको सेयर मूल्य पनि सर्वाधिक १० प्रतिशतले बढेको छ। यी हुन बढी कमाउने १० कम्पनी

हिमालयन पावर पार्टनर लिमिटेडको मूल्य आज सबैभन्दा धेरै अंकले घट्यो।

आज सबैभन्दा धेरै सेयर नेपाल इन्फ्राष्टक्चर बैंक (निफ्रा)को कारोबार सबैभन्दा धेरै भएको छ। त्यसपछि अपर तामाकोशी हाइड्रोको सेयर कारोबार सर्वाधिक छ।

यसदिन होटल र पयर्टन, म्युचल फण्ड बाहेक अधिकाशं नेप्सेका उपसमहू रातात्म छन्। ‘क’ बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५ प्रतिशतले घटेर ४३० को बिन्दुमा आइपुगेको छ।


प्रतिक्रिया दिनुहोस्