रोनाल्डोको किर्तिमानमा पेलेको बधाई

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । औपचारिक खेलमा सबैभन्दा बढी गोल गरेको आफ्नो कीर्तिमान उछिनेकोमा पेलेले सोमबार क्रिस्टियानो रोनाल्डोलाई बधाई दिएका छन् ।

रोनाल्डोको ह्याट्रिकमा इटालीको सिरी ‘ए’ मा युभेन्टसले कागलिरीलाई ३–१ ले हराएको हो । युभेन्टसका लागि आइतबार रोनाल्डोले गरेको सो गोल सँगै उनले खेल जीवनमा ७७० गोल गरेका छन् ।

उनले यसअघि पेलेले राखेको ७ सय ६७ गोलको रेकर्डलाई समेत तोडेका छन् । रोनाल्डोलाई बधाई दिदै पेलेले आफ्नो इन्स्टाग्राममा लेखेका छन् ”जीवन एक उडान हो। प्रत्येकले आफ्नो सुन्दर यात्रा बनाउनका लागि बाटो तय गर्छन् । म तपाईंलाई धेरै प्रशंसा गर्छु, मलाई तपाईको खेल हेर्न मन पर्छ र यो कसैको लागि लुकाराख्नु जरुरी छैन । मेरा आधिकारिक गोलहरूको रेकर्ड तोडेकोमा बधाई भन्न चाहन्छु ।”


प्रतिक्रिया दिनुहोस्