माधव नेपाल सहित ११ नेताको विज्ञप्ति : ओली प्रवृत्ति कम्युनिष्ट आन्दोलकै चुनौती

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । नेकपा एमाले विभाजन उन्मुख रहेका बेला वरिष्ठ नेता माधव कुमार नेपाल सहित ११ नेताले संयुक्त विज्ञप्ति जारी गरेका छन्।

नेताहरू झलनाथ खनाल, माधव नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, मुकुन्द न्यौपाने र सुरेन्द्र पाण्डेले आज संयुक्त विज्ञप्ति जारी गर्दै ओली प्रवृत्तिको विरोध गरेका हुन्।

विज्ञप्तिमा उनीहरुले ओली प्रवृत्ति कम्युनिस्ट आन्दोलनकै चुनौतीका रूपमा देखिएको उल्लेख गरेका छन्।

उनीहरूले २८ फागुनको निर्णयप्रति पनि आपत्ति जनाएका छन।

प्रधानमन्त्री ओलीले एकलौटीरुपमा अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारी खारेज गरेको प्रति नेताहरुले आपत्ति जनाएका हुन।

 


प्रतिक्रिया दिनुहोस्