प्रचण्डले नेपाल पक्षलाई पार्टी कब्जा गर्न पठाएको ओलीको आरोप

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले माधव नेपाल, झलनाथ खनाल लगायतको समूह नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट परिचालित भएको आरोप लगाएका छन्।

सर्वोच्चको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएका छन्। सो निर्णयपछि एक कित्तामा उभिएका प्रचण्ड-नेपाल पक्ष आ-आफ्नो बोटो लागेका थिए।

माओवादी अध्यक्ष प्रचण्डले बुटवलमा दिएको भाषण अनुसारनै नेपाल पक्ष एमालेमा फर्केको ओलीले आरोप छ। एमालेमा फर्केर समानान्तर कमिटि घोषणा गर्दै पार्टी कब्जा गर्ने नियतका साथ नेपाल पक्ष फर्केको ओलीले बताए।

ओलीले भने, ‘कम्युनिष्ट आन्दोल समाप्त पार्ने, विकास काम रोक्ने उहाँहरुको योजना नै हो। अर्याल होटलका निर्णय हेर्नुस्, बुटवलको भाषण सुन्नुस। कुरा कतै लुेकेको छैन।’ आफूलाई सिध्याउन नेपाल पक्ष एमालेको फर्केको ओलीको आरोप छ। उनीहरुका अभिव्यक्तिलाई नियालीरहेको प्रधानमन्त्रीले बताए।

‘माधव जी सल्लाह अनुसार नै जानु भाको हो। उहाँहरु पार्टी कब्जा गर्नुहुन्छ। कब्जा गर्नसक्नु भएन भने फेरि विद्रोह गरेर आउनुहुन्छ’ अध्यक्ष प्रचण्डले बुटवलमा गरेको भाषण उदृत गर्दै ओलीले भने ‘तादात्म्य त छ नी। दुई तीर कै। अनी मैले भेदभाव गरे भन्ने?’

‘पार्टी भनेको माछा बजार जस्तो होइन्, जतिखेर आउन मनलाग्यो आउने जाने। त्यस्तो होइन्। पार्टी विधी विधान अनुसार चल्छ’ ओलीले अगाडी भने ‘पार्टी कार्यकर्ताले उनीहरुलाई पार्टीमा आउन दिनुहुँदैन भनिरहेका छन्। त्यस्तो होइन् उहाँहरु अलि सुध्रिनुपर्छ’

माधव नेपाल भन्दा आफू ७ बर्ष पहिले राजनीतिमा लागेको भन्दै पार्टीबाट निकालाको घोषणा गर्नुभन्दा अघि स्पष्टिकरण समेत नसोधेको ओलीले दुखेसो पोखे।

‘पार्टी र प्रधानमन्त्रीका विरुद्ध तमासा गर्ने, असभ्य भाषा बोल्ने हो भने पार्टीमा नबस्नु नै उपयुक्त हुन्छ’ अ‍ोलीले भनेका छन्, ‘उस्तै संसदीय दलको नेता भएको भए अस्ती नै कारवाही गरेसक्थे’


प्रतिक्रिया दिनुहोस्