महुली लघुवित्तले एफपीओ निष्काशन गर्ने

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । महुली लघुवित्तले प्रिमियम मूल्यमा एफपीओ निष्काशन गर्ने तयारी गरेको छ ।

फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभाबाट एफपीओ निष्कासनको प्रस्ताव पारित गर्ने तयारी गरेको हो । लघुवित्तको साधारणसभा चैत्र २५ गते सप्तरी स्थित आफ्नै केन्द्रीय कार्यालयमा हुनेछ ।

सो सभाले गत आर्थिक वर्षको लाभांशका साथै प्रिमियम मूल्यमा एफपिओ निष्काशन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ । शेयर बजारमा सूचीकृत नरहेको नव किरण लघुवित्तलाई गाभेको महुलीले शेयर स्वाप मिलाउनका लागि एफपीओ निष्काशन गर्ने भएको हो ।

महुली लघुवित्तले नवकिरण लघुवित्तलाई गाभेपछि महुली लघुवित्त वित्तीय संस्थाको नामबाट गत मंसीर ८ गते सोमबारदेखि एकीकृत कारोबार सुरु गरिसकेको छ । कम्पनीले आर्थिक वर्ष ७६÷७७ को मुनाफाबाट २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।


प्रतिक्रिया दिनुहोस्