गोइत समूहले विज्ञप्ति निकालेर लियो बम विस्फोटको जिम्मा

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । सिरहामा भएको बम विस्फोटको जिम्मा गोइत समूहले लिएको छ।

लहानस्थित मालपोत कार्यालयमा आज दिउँसो गराइएको विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको हो।

अध्यक्ष जयकृष्ण गोइतले विज्ञप्ति निकालेर बम विस्फोटको जिम्मा लिएका छन्।

‘तराईमा भ्रष्टाचार विरोधी अभियानअन्तर्गत सो विस्फोट गराइएको’ भन्दै सो समूहले भ्रष्टाचार र अपराध जारी नै रहे अझ ‘उच्चस्तरको कारबाही गरिने र त्यसको जिम्मेवार नेपाल सरकार र प्रदेश सरकार हुनुपर्ने चेतावनी दिइएको छ।


प्रतिक्रिया दिनुहोस्