सिरहा बम विस्फोट: मालपोतका सुब्बासहित ८ जना घाइतेको पहिचान खुल्यो

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । सिरहाको लहानस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा भएको बम विस्फोटमा परी घाइते भएका ८ जनाको पहिचान खुलेको छ ।

आइतबार दिउँसो १२ बजेर ४० मिनेट जाँदा मालपोत कार्यालय सिरहामा बम विस्फोट भएको थियो ।

विस्फोटमा परी मालपोत कार्यालयका नायव सुब्बासहित ८ जना घाइते भएका हुन् ।

घाइते हुनेमा मालपोत कार्यालयका नायब सुब्बा शिव कुमार यादव तथा सेवाग्राहीहरु धनगढीमाइ नगरपालिका–१३ का भोला बहादुर पाछे मगर, धनगढीमाइ–४ का दिनेश कुमार भण्डारी, गोलबजार नगरपालिका–४ की फूल कुमारी ठाकुर, गोलबजार– ६ बी बेचनी मगर, लक्ष्मीनारायण मगर, लहान नगरपालिका–१६ तरेगनाका लाल बहादुर विक र भगवानपुर–३ का बद्री नारायण यादव रहेका छन् ।

घाइतेमध्ये धनगढीमाइ–४ का दिनेश कुमार भण्डारी भण्डारीको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

गम्भीर घाइते भण्डारीलाई भने थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सामान्य घाइतेको लहाननस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ ।

बम विस्फोट भएको ठाउँ नजिकै तराईं जनतान्त्रिक मुक्ति मोर्चा (गोइत समूह)को पर्चा भेटिएको छ ।

बम विस्फोट भएको ठाउँमा गोइत समूहको पर्चा भेटिए पछि बम विस्फोटमा सोही समूहको हात हुनसक्ने प्रहरीको आशंका छ ।


प्रतिक्रिया दिनुहोस्