चैत महिनाको पहिलो कारोबार दिन बढ्यो सुनको मूल्य

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । साप्ताहिक कारोबारको पहिलो दिन आज (आइतबार) नेपाली बजारमा पहेँलो धातु सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चैत महिनाको पहिलो कारोबार दिन समेत रहेको आइतबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ ।

आइतबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ८६ हजार ६ सय रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ८६ हजारा १ सय ५० रुपैयाँ कायम भएको थियो ।

गत हप्ता एवम् फागुन महिनाको अन्तिम कारोबार दिन (फागुन २८ गते, शुक्रबार) नेपाली बजारमा छापावाल सुनको मूल्य ८६ हजार २ सय रुपैयाँ प्रतितोला थियो । शुक्रबार तेजाबी सुनको मूल्य तोलाको ८५ हजार ७ सय ५० रुपैयाँ थियो ।

महासंघका अनुसार आइतबार चाँदीको मूल्य भने स्थीर रहेको छ । गत हप्ता एवम् फागुन महिनाको अन्तिम कारोबार दिन (फागुन २८ गते, शुक्रबार) नेपाली बजारमा चाँदीको मूल्य १ हजार २ सय ७० रुपैयाँ प्रतितोला थियो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार पनि चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ७० रुपैयाँ नै कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्