नेफ्टामा उत्कृष्ट अभिनेता विपिन र अभिनेत्री मेनुका

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । नेफ्टा फिल्म अवार्डको १० औँ संस्करण शनिबार काठमाडाैँमा सम्पन्न भएको छ ।

यस अवार्डमा विपिक कार्कीले उत्कृष्ट अभिनेताको अवार्ड हात पारेका छन् । उनले फिल्म ‘प्रसाद’ मार्फत अवार्ड प्राप्त गरेका हुन् ।

त्यस्तै अभिनेत्री तर्फ फिल्म ‘साइली’ बाट मेनुका प्रधानले अवार्ड प्राप्त गरेकी छन् ।

अवार्ड ड्रिम हाई नेपाल र चलचित्र प्राविधिक संघले आयोजना गरेको हो । अवार्डमा नयाँ तथा पुराना कलाकारहरूको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्