सैनिक विमान दुर्घटनाग्रस्त हुँदा काजकिस्तानमा चार जनाको मृत्यु

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । काजकिस्तानमा सैनिक विमान दुर्घटनाग्रस्त हुँदा चार जनाको मृत्यु भएको छ ।

काजकिस्तानको राजधानी नुर सुल्तानबाट उडान भरेको एन–२६ सैन्य विमान अलमाटी विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको हो ।

६ जना सवार विमानमा दुई जना गम्भीर घाइते भएका छन् । अवतरणका क्रममा विमानमा आगलागी भएको थियो ।

आगलागीका कारण विमान जलेर ध्वस्त भएको छ । आगलागी नियन्त्रण गर्ने क्रममा दुई जना यात्रुको सकुशल उद्दार गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्