रुसमा विपक्षी दलका २ सय भन्दा बढी कार्यकर्ता पक्राउ

प्रकाशित मिति : असार १, २०७८ मंगलबार


काठमाडौं । रुसमा विपक्षी दलका नेताहरुले आयोजना गरेको सम्मेलनमा सहभागी २ सय भन्दा बढी नेताहरु पक्राउ परेका छन् ।

प्रहरीले कोरोना महामारीका बीच भेला गरिएको भन्दै पक्राउ गरिएको जनाएपनि नियतबस पक्राउ गरिएको विपक्षी नेताहरुको आरोप छ ।

रुसका राष्ट्रपति भ्लादिमीर पुटिनका आलोचक अलेक्सी नाभाल्नीको पक्राउ प्रकरणपछि रुसका विपक्षी नेताहरुले मस्को सम्मेलनको आयोजना गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्