योगेश र घनश्याम भुसाल भन्छन्, ‘ओलीले बोलाएको बैठकमा निःशर्त जाँदैनौं’

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले आज सार्वजनिक कार्यक्रमबाटै आगामी शनिवार अर्थात चैत ७ गतेको बैठकमा सहभागी हुन सबै केन्द्रीय सदस्यलाई निर्देशन दिएका छन्।

माधव नेपाल पक्ष विगतका बैठकमा अनुपस्थित भएपछि अ‍ोलीले सार्वजनिक कार्यक्रमबाटै उनीहरुलाई बैठकमा आउन भनेका हुन। अब बैठकमा नआए विधान अनुसार कारवाही गर्ने चेतावनी समेत दिएका छन्।

प्रधानमन्त्री ओलीको यस्तो चेतावनी पछी माधव नेपाल, झलनाथ खनाल पक्षीय नेताहरु के गर्लान भन्नेबारे चासो उत्पन्न भइरहेका बेला सो समूहका नेताद्वय घनश्याम भूसाल र योगेश भट्टराईले निःशर्त चैत ७ गतेको बैठकमा नजाने बताएका छन।

भर्चुअल बैठकमा दुवै नेताले बैठकलाई गुटमुक्त गरे सहभागी हुन सकिने धारणा राखे। ‘गुट जसरी बोलाए जाँदैनौं,’ भूसालले भने, ‘बैठक जसरी बोलाए जान्छौं।’

प्रधानमन्त्रीले चाहे धेरै कुरा रिकभर गर्न सकिने बताउँदै उनीहरुले ६ महिनामा पार्टी पुनर्जागृत हुने उल्लेख गरे।

भट्टराईले भने निःशर्त बैठकमा नजाने बताए। ‘निःशर्त जाँदैनौं, एकताको सन्देश दिन सकिन्छ भनेर नेताहरुबीच सहमति निर्माण भयो भने भन्न सकिन्छ,’ उनको भनाइ थियो, ‘फेरि पनि गुटको बैठक भए नजाने।’

उनीहरुले बैठकमा सहभागी नहुँदा कारबाही होला, सदस्यताबाट हटाइला, सांसदबाट निकालिएला भन्ने नसोच्ने बताए।

‘पुष्पपाल सांसद हुनुभएन, मदन भण्डारी प्रधानमन्त्री नै हुनुभएन, यो पद ठूलो कुरा होइन,’ नेता भट्टराइले भने। भट्टराईले एकतालाई कमजोर बनाउने प्रयत्न गर्न नहुने बताए।


प्रतिक्रिया दिनुहोस्