अमेरिकन आइडलका रनरअप दिवेश पोखरेलले ल्याए नयाँ गीत

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । अमेरिकन आइडल रनरअप अर्थर गन अर्थात दिवेश पोखरेलको नयाँ नेपाली गीत सार्वजनिक भएको छ ।

अमेरिकन आइडलको १८ औं संस्करणमा दोस्रो स्थान हात पारेका पोखरेलले आफ्नो आधिकारिक युट्युव च्यानलमार्फत नयाँ गीत सार्वजनिक गरेका हुन् ।

पोखरेलले बिहिबार आफ्नो आधिकारिक युट्युब च्यानलबाट ‘कागबेनी’ बोलको गीत सार्वजनिक गरेका हुन् । गीतको म्युजिक भिडिओ दिवेश र लश मन्दुले निर्देशन गरेका छन् ।

भिडिओलाई दिवश गुरुडले निर्माण गरेका हुन् । ‘कागबेनी’ गीत दिवेशको नयाँ सार्वजनिक हुन लागेको एल्बम ‘खोज’मा समावेश गरिएको गीत हो । दिवेशको ‘खोज’ एल्बम यही मार्च २२ मा सार्वजनिक हुँदैछ ।


प्रतिक्रिया दिनुहोस्