सर्वोच्चको न्यायाधीशमा कुमार चूडाल र नहकुल सुवेदी सिफारिस

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि न्यायपरिषदले उच्च अदालतका न्यायाधीशद्वय कुमार चूडाल र नहकुल सुवेदीलाई सिफारिस गरेको छ। ।

शुक्रबार न्यायपरिषद्ले सो निर्णय गरेको हो । यस्तै, उच्च अदालतको न्यायाधीशमा १८ जनाको नाम सिफारिस भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षतामा आज बसेको बैठकले न्याय सेवाका विशिष्ट श्रेणीका दुई अधिकृत सहित जिल्ला न्यायाधीश र कानून व्यवसायीहरूबाट गरी १८ जना न्यायाधीश नियुक्तिको सिफारिस गरेको हो।


प्रतिक्रिया दिनुहोस्