‘नेपाली फिल्म चलाउन हिन्दी फिल्म कुर्नु लाजमर्दो’

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


निर्देशक तथा अभिनेता निश्चल बस्नेतले फिल्म क्षेत्रलाई चलायमान बनाउन आफैले केहि गर्नुपर्ने बताएका छन् ।

फिल्म ‘लप्पन छप्पन२’को ट्रेलर कार्यक्रममा बस्नेतले फिल्म क्षेत्रलाई चलायमान बनाउन सरकारको मुख ताक्नु भन्दा आफैले केहही गर्नुपर्ने बेला आएको बताएका हुन् ।

फिल्म ‘लप्पन छप्पन २’ लाई सफलताको शुभकामना दिँदै बस्नेतले फिल्म चलायमान बनाउन सरकारको मुख ताक्नु भन्दा आफै फिल्मकर्मीले कहि गर्ने बेला आएको बताएका हुन् । लकडाउन पछिको फिल्मको अवस्था हेर्दै उनले अहिले कसै न कसैले जोखिम मोल्ने बेला आएको बताए ।

‘यहाँ कसैले त जोखिम मोल्नै पर्छ । अहिले धेरै मेकरले एउटा हिन्दी फिल्म आओस् अनी वातावरण बनाइदियोस् भनेर सोच्नुभएको छ । हाम्रो क्षेत्र चलायमान बनाउन हिन्दी फिल्मको मुख ताक्नु लाजमर्दो कुरा हो’, उनले भने ‘ यो बिषयमा सबैभन्दा बढी चलचित्र विकास बोर्डले सोच्नुपर्छ । स्टूडियो बनाउने बिषयमा केही समय पर्खिदा पनि हुन्छ । यो क्षेत्र अगाडि बढ्यो भने स्टूडियोमा गएर खिचौंला ।’

 


प्रतिक्रिया दिनुहोस्