जुम्ल्याहा बच्चाहरूको जन्मदर सबैभन्दा उच्चस्तरमा

प्रकाशित मिति : चैत्र २९, २०७७ आइतबार


काठमाडौं । संसारभर अहिले जुम्ल्याहा बच्चाहरूको जन्मदर सबैभन्दा उच्चस्तरमा पुगेको अध्ययनकर्ताहरूले बताएका छन् ।

हाल प्रत्येक वर्ष संसारभरि १६ लाख जुम्ल्याहा बच्चा जन्मिने र कुल जन्मदर हिसाब गर्दा ४२ जन्ममा एक जन्म जुम्ल्याहा हुने तथ्याङ्क छ ।

सन् ११९८० यता जुम्ल्याहाको जन्मदर एक तिहाइले बढ्नुको कारण कृत्रिम गर्भाधान र ढिलो गरी बच्चा जन्माउने चलन भएको बताइएको छ ।

तर एक बच्चा गर्भाधान सुरक्षित हुने भएका कारण भविष्यमा जुम्ल्याहाको जन्मदर घट्न सक्ने बताइएको छ ।

ह्युमन रिप्रोड्क्सन जर्नलमा प्रकाशित विश्वव्यापी तथ्याङ्कको अध्ययनका अनुसार विगत ३० वर्षमा जुम्ल्याहा जन्मदर एसियामा ३२ प्रतिशत र उत्तर अमेरिकामा ७१ प्रतिशतले बढेको छ ।

अध्ययनमा १६५ देखका तथ्याङ्क समावेश छ । सन् २०१० देखि सन् २०१५ को तथ्याङ्कलाई सन् १९८० देखि सन् १९८५ सम्मको तथ्याङ्कसँग तुलना गरेर यो नतिजा निकालिएको हो । बीबीसी


प्रतिक्रिया दिनुहोस्