आर्मीविरुद्ध पारस खड्काले प्रहार गरे शतक

प्रकाशित मिति : असार ३, २०७८ बिहीबार


काठमाडौं मेयर्स कपमा बागमती प्रदेशका अलराउन्डर पारस खड्काले शतक प्रहार गरेका छन् ।

पारसले बुधबार त्रिभुवन आर्मी क्लबविरुद्धको खेलमा ११९ रन जोडेका हुन् ।

बागमतीका ओपनर आकाश थापा गोल्डेन डकआउट भएपछि मैदान छिरेका पारसले १३३ बल खेलेर ११ चौका र २ छक्का हिर्काए ।

पारस आर्मीका सोमपाल कामीको बलमा ४३ ‌ओभरको चौथो बलमा जितेन्द्र मुखियाबाट क्याच भएका थिए। आकाशलाई पनि सोमपालले नै आउट गरेका थिए ।

पछिल्लो समय घरेलु प्रतियोगितामा खासै फर्ममा नरहेका पारसले प्रधानमन्त्री कप र मेयर्स कपको अघिल्ला खेलमा अर्धशतक समेत प्रहार गर्ने सकेका थिएनन्।

कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरिरहेको बागमतीले ४४ ओभरमा ७ विकेट गुमाएर २१४ रन जोडेको छ। दुवै टिमलाई फाइनल पुग्न खेलमा जितको आवश्यकता छ।


प्रतिक्रिया दिनुहोस्