म्यानचेस्टरको शानदार जित

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीले शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा सिटीले साउथह्याम्पटनलाई ५–२ ले पराजित गरेको हो ।

म्यानचेस्टरका लागि केविन डी ब्रूयनाले १५ र ५९ औँ तथा रियाद महरेजले ४० र ५५ औँ मिनेटमा गरि दुई–दुई गोल गरे । इल्केयी गुण्डोगानले पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा गोल गरे ।

साउथह्याम्पटनका लागि वार्ड–प्रावसीले २५ औँ मिनेटमा पाएको पेनाल्टीमा तथा एडम्सले ५६ औँ मिनेटमा गोल गरे । जितपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीको २९ खेलबाट ६८ अंक भएको छ । दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड १४ अंकले पछि छ र उसले एक खेल कम खेलेको छ ।


प्रतिक्रिया दिनुहोस्