विनयजंग ५० हजार धरौटीमा रिहा

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौं । बीबीसीको प्रभावशाली सय महिलाको सूचीमा परेकी सपना रोका मगरलाई धम्की दिएको आरोपमा पक्राउ परेका विनय जंग बस्नेत ५० हजार धरौटीमा रिहा भएका छन्।

जिल्ला अदालत काठमाडौंले विनयलाई ५० हजार धरौटीमा रिहा गरेको हो ।

उनी विरुद्ध प्रहरीले अभद्र व्यवहार र साइबर क्राइमको मुद्धा दायर गरेको थियो।

विनयविरुद्ध सपनाले माघ १९ गते प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी थिइन्। फागुन ४ गते प्रहरीले उनलाई काठमाडौँको गोंगबुबाट पक्राउ गरेको थियो।

पहिलेसँगै काम गर्दै आएको विनय र सपना अहिले छुट्टा छुट्टै संस्थामार्फत बेवारिसे शव व्यवस्थापनको काम गर्न थालेका छन्। बाबुछोरी बताउने दुईबीच पछिल्लो समय सम्बन्ध समेत बिग्रिएको छ।


प्रतिक्रिया दिनुहोस्