नेप्से ३ अंकले घट्दा यी कम्पनीको सेयर मूल्यमा सर्वाधिक वृद्धि

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज ३ अघिल्लो दिनभन्दा ३.४ अङ्क अर्थात् ०.१४ प्रतिशत परिवर्तन भएर नेप्से इन्डेक्स २४५८.४९ अङ्कमा बजार बन्द भएको छ।

आजको कारोबार समयमा नेप्से इन्डेक्स बढीमा २४७९.६२७५ र कममा २४४६.०८८४ पुगेको थियो।

आज ७८१६८७४ कित्ता सेयर ४ अर्ब १० करोड रुपैयाँ बराबरमा कारोबार भएर बजार बन्द भएको छ। ‘क’ बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने आज ०.०२ अंकले बढेर ४४५.२३ अंकमा पुगेको छ।

नेप्सेमा सूचिकृत कूल २०५ कम्पनीको सेयर किनबेच भएको हो।

नेप्से आज केहि घटेपनि केहि कम्पनीकोको सेयर मूल्यमा उच्च वृद्धि भयो। पछिल्लो समय लगातार बढिरहेको चन्द्रागिरी हिल्सको मूल्य आज पनि सर्वाधिक १० प्रतिशतले बढ्यो।

घलेम्दी हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्सको मूल्य पनि १० प्रतिशतको हाराहारीमा बढ्यो। यस दिन रैराङ हाइड्रोको मूल्य भने सबैभन्दा धेरै ४.६ प्रतिशतले घटेको छ। त्यस्तै मिथिला लघुवित्तको मूल्य ४.१५ प्रतिशतले घटेको छ।

आज सबैभन्दा बढी कारोबार नेपाल टेलिकम र त्यसपछि नेपाल पूर्वाधार बैंक (निफ्रा)को भयो।

यी हुन सबैभन्दा धेरै कमाउने १० कम्पनी


प्रतिक्रिया दिनुहोस्