शोक प्रस्ताव पारिग गर्दै प्रतिनिधि सभा बैठक स्थगित

प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार


काठमाडौं । पुनःस्थापना पछि शुरु भएको हिउँदे अधिवेशनअन्तर्गत प्रतिनिधि सभाको दोस्रो बैठक शोक प्रस्ताव पारित गरी स्थगित भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठकको शुरुमै प्रतिनिधि सभाका सदस्य तथा पूर्व सांसदहरुको निधनमा शोक प्रस्ताव पेस गरेका थिए ।

शोक प्रस्ताव पारित भएपछि सभामुख सापकोटाले अर्को बैठक चैत ३ गते मंगलबार दिनको १ बजे बस्ने गरी बुधबारको बैठक स्थगित गरेका हुन् ।

बुधबार बसेको बैठकमा प्रतिनिधि सभा सदस्य सानु शिवा तथा सूर्यबहादुर केसी एवम् पूर्व सदस्य मे. दीपकबहादुर गुरुङ्ग, पूर्व सदस्य डा. राममान श्रेष्ठ, संविधान सभा सदस्य मानपुर चौधरी, पूर्व सदस्य विरबहादुर लामा, पूर्व सदस्य ओमकारप्रसाद गौचन, पूर्व सदस्य इन्द्रहाङ्ग लिम्बु, संविधान सभा सदस्य भिमप्रसाद गौतम, पूर्व सदस्य कमानसिं लामा, पूर्व सदस्य गंगादत्त जोशी, पूर्व सदस्य एकनाथ रानाभाट, पूर्व सदस्य कुवेरप्रसाद शर्मा र पूर्व सदस्य डा. शंकरप्रसाद उप्रेतीको निधनमा शोक प्रस्ताव पारित गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्