पुनर्जीवित माओवादीमा असन्तुष्टि, बैठकमा नबोलाइएको भन्दै नेताले पोखे आक्रोश

प्रकाशित मिति : असार ३, २०७८ बिहीबार


काठमाडौं । नेकपा नामको विवादमा सर्वोच्च अदालतले आइतबार सुनाएको फैसला पछि नेपाल कम्युनिस्ट पार्टी र नेकपा माओवादी केन्द्र ‘पुरानै अवस्थामा’ पुनः अस्तित्वमा आएका छन् ।

२०७५ जेठमा एकीकरण पछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बैधानिकता समाप्त भएपछि नेताहरु पुरानै पार्टी (एमाले र माओवादी केन्द्र)मा फर्किका छन् ।

तर, पुरानै पार्टीमा फर्किदा पनि आन्तरिक असन्तुष्टि र विवादहरु भने झन् बढ्ने संकेत देखिएको छ । सर्वोच्च अदालतको फैसला पछि अस्तित्वमा आएको नेकपा माओवादी केन्द्रको मंगलबार स्थायी कमिटी बैठक सम्पन्न भएको छ ।

तर, बैठकमा आफूलाई नबोलाइएको भन्दै माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य नारायण शर्माले असन्तुष्टि जनाएका छन् ।

एमालेसँग एकता गर्नु अगाडि माओवादी केन्द्रको केन्द्रीय कार्यालय सदस्य रहेका नारायण शर्माले आफूलाई स्थायी कमिटी बैठकमा नबोलाइएको बताए ।

‘माओवादी केन्द्रको त सर्वोच्च कमिटी केन्द्रीय कार्यालय हो, त्यसको म पनि सदस्य हुँ,’ नेता शर्माले सामाजिक सञ्जालमा असन्तुष्टि पोख्दै भनेका छन्, ‘तर मलाई नबोलाएर नेका र मधेसीसँग मिलेर भारतीय डिजाइन र स्वार्थमा कम्फर्टेबल सरकार बनाउने निणर्य भएछ ।’

बैठकमा नबोलाए पछि अब आफूलाई अन्त जान वा अर्को केही गर्न बाटो प्रशस्त भएको उनको भनाइ छ ।

आज माओवादीकेन्द्रको हुँदै नभएको तह स्थायी कमिटिको बैठक भनेर मलाई बोलाएनन् ! माओवादी केन्द्रको त सर्वोच्च कमिटी केन्द्रीय…

Posted by Narayan Sharma on Tuesday, March 9, 2021


प्रतिक्रिया दिनुहोस्