चितुवाको छाला, हड्डी र दाँतसहित काठमाडौंबाट ४ जना पक्राउ

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । संरक्षित वन्यजन्तु चितुवाको छाला, हड्डी र दाँतसहित काठमाडौंबाट प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-१४ बल्खुबाट संरक्षित वन्यजन्तु चितुवाको १ थान छाला, २ थान हड्डी र ११ थान दाँत सहित ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बझाङ जयपृथ्वी नगरपालिका-४ बस्ने २४ वर्षीय कृष्णराज उपाध्याय, कैलाली धनगढी उपमहानगरपालिका-१ बस्ने ३२ वर्षीय लोकेन्द्र बहादुर मल्ल, गोरखा गोरखा नगरपालिका-२ बस्ने २० वर्षीय सन्देश बानियाँ र सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-५ बस्ने १९ वर्षीय सुजन बस्नेत रहेका छन् ।

संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसार-पसार तथा किनबेच गर्न लागेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त आखेटोपहार सहित पक्राउ गरेको हो ।

साथै उनीहरुलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय काठमाडौं पठाइएको ब्यूरोले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्