पूजा शर्माले वर्षा राउतलाई भनिन्, ‘ल यार, मेरो छोरालाई केयर गर…’

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


अभिनेत्री पूजा शर्मा यतिबेला दुबईमा छिन् । उनी आइतबार दुबई गएकी हुन् । पूजाले हवाईजहाजमा बसेको फेसबुकमा फोटो सेयर गर्दै लेखेकी थिइन्, ‘दुबईले बोलाइरहेको छ ।’

उनीसँगै अभिनेता आकाश श्रेष्ठ पनि गएका छन् । सामाजिक सञ्जालमा उनीहरूले बुर्ज खलिफादेखि दुबईको विभिन्न ठाउँ घुमेको फोटो सेयर गरेका छन् ।

अभिनेत्री वर्षा सिवाकोटी पनि फिल्म छायांकनका लागि पूजाभन्दा एक दिनअघि मात्रै दुबई पुगेकी थिइन् । पूजा र वर्षाले एक अर्कालाई भेेटेर रमाइलो गरेको फोटा सेयर गरेका छन् ।

यता अभिनेत्री वर्षा राउतले भने इन्स्टाग्राम स्टोरीमा पूजाको कुकुर रनसँग खेल्दै गरेको भिडिओ सेयर गरेकी छन् । उनले भिडिओमा पूजालाई मेन्सन गर्दै लेखेकी छन्, ‘तिम्रो रन त मेरो भयो ।’

पूजाले पनि वर्षालाई जवाफ फर्काएकी छन् । उनले स्टोरी रि-सेयर गर्दै लेखेकी छन्, ‘ल यार, मेरो छोरालाई केयर गर। आएर कति हुन्छ हिसाब गरम्ला।’


प्रतिक्रिया दिनुहोस्