माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरु

प्रकाशित मिति : असार ६, २०७८ आइतबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक शुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार दिउँसो माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरु भएको हो ।

बैठकमा पछिल्लो राजनीतिक अवस्था, सत्ता समिकरण र पार्टी पुनर्गठनका विषयमा छलफल हुने नेताहरुले जानकारी दिएका छन् ।

नेकपा नामको विवादमा आइतबार फैसला सुनाउँदै सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र नै ब्यूँताइ दिएपछि एकीकरण पछि बनेको नेकपाका नेताहरु आ-आफ्नो पूर्ववत पार्टीमा फर्किएका छन् ।

आइतबार नेकपाको अन्तिम बैठकका रुपमा पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पक्षीय नेताहरु पेरिसडाँडास्थित पार्टी कार्यालयमा भेला भएको थिए ।

उक्त बैठकले एमाले र माओवादी केन्द्र अलग अलग पार्टी भएर जाने समझदारी जुटेको थियो । त्यसपछि नेता माधव कुमार नेपाल निकट डा तुलाधर पनि एमालेतर्फ फर्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस्