माधव नेपाल र झलनाथ एमालेमै फर्कने, ओली विरुद्ध त्यहिँबाट लड्ने

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि नेकपाका वरिष्ठनेताहरु माधव कुमार नेपाल र झलनाथ खनाल लगायतको समूह नेकपा एमालेमै फर्कने भएको छ।

हाल प्रचण्ड पक्षमा रहेका नेताहरु अब पुरानै पार्टीमा फर्कने तयारी गरेका हुन। तत्कालिन एमालेका नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल लगायत ठूलो संख्या अहिले प्रचण्ड नेतृत्वको समूहमा छ।

नेकपाका केन्द्रीय सदस्य तथा माधव नेपाल निकट रहेका नेता बिष्णु रिजालले अब आफूहरु पुरानै पार्टीको भएको भन्दै ट्विट गरेका छन्।

नेता रिजालले लेखेका छन्, ‘सर्वोच्चको फैसलापछि एमालेमा जाने वा नजाने भन्ने प्रश्नै रहँदैन । एमाले केपी ओलीको पनि हो, माधव नेपालको पनि हो। पार्टी ब्यूँतिएपछि हामी सबै एमाले नै रह्यौँ।’

एमालेमै रहेर ओली प्रवृत्तिविरूद्ध लड्ने मनस्थितिमा पूर्व एमाले नेताहरु पुगेका हुन। यस्तै प्रचण्डले नेकपा माओवादी केन्द्र ब्युताउँने छन्।

प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रबाट सांसद बनेका रामबहादुर थापा, टोपबहादुर रायमाझी लगायत भने प्रचण्डतर्फ फर्कने सम्भावना न्युन छ।


प्रतिक्रिया दिनुहोस्