विप्लवको प्रश्न : जनमुक्ति सेनाको १९ अर्ब कसले खायो?

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले तत्कालिन जनमुक्ति सेनाको १९ अर्ब कहाँ गयो भन्दै प्रश्न गरेका छन्।

पार्टी निकट महिला संघले गृहजिल्ला कपिलवस्तुमा आयोजना गरेको कार्यक्रममा नेता चन्दले १९ अर्बको भ्रष्टाचार भएको भन्ने सुन्नमा आएको बताएका छन्।

नेकपा माओवादीका २० हजार जनमुक्ति सेना रहेको भन्दै चन्दले तत्कालिन अवस्थामा आफूहरुले आवाज समेत उठाएको बताए।

‘जनमुक्ति सेनाका लागि आएको १९ अर्ब कस्ले खायो,’ विप्लवले भने,‘बजारमा १९ अर्ब भ्रष्टाचारको कुरा उठेको छ।’

विप्लवले सेना र प्रहरी विरुद्ध नभई भ्रष्टाचारीहरुका विरुद्ध लडाई जारी राख्ने समेत बताए।


प्रतिक्रिया दिनुहोस्