मेरा छोरा र छोरीलाई बराबर सम्पत्ति दिन्छु : विप्लव

प्रकाशित मिति : असार ३, २०७८ बिहीबार


काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफ्ना छोरा र छोरीलाई बराबर सम्पत्ति दिने बताएका छन्।

अन्तराष्ट्रिय महिला दिवसको अवसरमा गृहजिल्ला कपिलवस्तुमा आयोजित कार्यक्रममा महासचिव विप्लवले आफ्नो भएको सम्पत्ति छोरा र छोरीलाई बराबर बाँड्ने बताएका हुन।

नेपालमा छोरा र छोरीलाई विभेद हुने गरेको भन्दै महिला दिदी बहिनिहरुले समानताका लागि लड्नुपर्ने चन्दले बताए।

अन्याय, अत्याचारका विरुद्ध बलिदान दिनुपरे पनि तयार हुनुपर्ने तर शोषण सहनु नहुने चन्दको भनाई छ।


प्रतिक्रिया दिनुहोस्