नेकपा पर्वतको कार्यालयमा एमालेको बोर्ड

प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार


पर्वत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पर्वतको कार्यालयमा नेकपा एमालेको बोर्ड राखिएको छ ।

कार्यालयमा साबिकको एमाले नेता तथा कार्यकर्ताले बोर्ड परिवर्तन गरेका हुन् ।

नेकपा दुई समूहमा विभाजन भएपछि लामो समयदेखि बन्द रहेको कार्यालयमा सोमबार एमालेको बोर्ड राखिएको हो। कार्यालय पनि खुला गरिएको छ ।

अव एमाले पार्टीको पूर्ववत् अवस्थामा गतिविधिहरू सञ्चालन हुने र सोही कार्यालय नै एमालेको रहने युवा संघ पर्वतका अध्यक्ष थमनारायण पौडेलले बताए । उक्त कार्यालय पहिले पनि एमालेको थियो ।


प्रतिक्रिया दिनुहोस्