सर्वोच्चको फैसलाबारे प्रचण्ड–माधव पक्षद्वारा कानुन व्यवसायीसँग छलफल

प्रकाशित मिति : असार २, २०७८ बुधबार


नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समुहका नेताहरुले नेकपाको आधिकारिकता सम्बन्धी सर्वोच्चले गरेको फैसलाको सन्दर्भमा कानुन व्यवसायीसँग परामर्श गरेका छन्।

आइतबार साँझ नेकपाको संसदीय दलको कार्यालय सिंहदरबारमा नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायतका नेताहरुले सर्वोच्चको फैसलाको सम्बन्धमा कानुन व्यवसायीहरुसँग छलफल गरेका हुन।

छलफलका क्रममा सर्वोच्चको फैसला अनपेक्षित र राजननीतिक प्रकृतिको भएको सुझाव आएको नेकपाका अध्यक्ष प्रचण्डले जानकारी दिए।

कानुन व्यवसायीको धारणा सुनेर भोली स्थायी कमिटीको बैठक राखि पार्टीको आधिकारीक धारणा सार्वजनिक गर्ने उनले बताए।

उनले भने – ‘आजको सर्वोच्चको फैसला बारे कानुन व्यवसायी र विज्ञ साथीहरु सँग छलफल ग¥यौँ । यो आजको फैसला अनपेक्षित जस्तो र बढी राजनीतिक प्रकृतिको फैसला लागेको छ भन्ने सुझावहरु आएको छ । थुप्रै कोणहरुबाट कानुन व्यवसायीहरुले राख्नुभएको छ आफ्नो धारणा । त्यसको आधारमा भोली पार्टीको स्थायी समितिको बैठक बसेर आवश्यक निर्णय गर्छौ । यो अपेक्षित थिएन यस्तो फैसला, अनपेक्षित नै हो यो । बढी राजनीतिक प्रकृतिको छ । तर समग्र फैसलाको अध्ययन गरेर, सबै साथीहरु सल्लाह गरेर मात्रै विस्तार पूर्वक आफ्नो धारणा भोली सार्वजनिक गर्छौ ।’

आइतबार सर्वोच्च अदालतले नेकपाको आधिकारिकता बारे सर्वोच्च अदालतमा परेको मुद्दाबारे फैसला गर्दै ऋषि कट्टेलको नेकपालाई आधिकारिकता दिएको हो ।


प्रतिक्रिया दिनुहोस्