प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित

प्रकाशित मिति : जेष्ठ ३०, २०७८ आइतबार


काठमाडौं । फागुन २६ गतेसम्मका लागि प्रतिनिधि सभा स्थगित भएको छ।

आइतबार बसेको प्रतिनिधि सभा बैठक केही समय चलेर स्थगित भएको हो।

आइतबार बोलाइएको बैठक नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले अवरोध गरेपछि संसद सचिवालयले सूचना टाँस गरेर बैठकको नयाँ मिति फागुन २६ गते दिउँसो १ बजेका लागि तोकिएको हो।

आइतबारको संसद बैठक नेकपाको प्रचण्ड माधव समूहले बहिस्कार गरेको थियो भने कांग्रेस र जसपाले नाराबाजी गर्दै अवरुद्ध गरेको हो।

संसद सचिवालयले आइतबारको बैठकको कार्यसूचीमा संसद नभएका बेला सरकारले ल्याएका अध्यादेश पेश गर्ने विषय र वर्तमान र पूर्व सांसदहरुको निधनमा शोक प्रस्ताव गर्ने विषय उल्लेख गरेको थियो।

सरकारले पुनःस्थापित प्रतिनिधिसभाको सातौँ अधिवेशनको बैठकमा आइतबार पेश गरेको संवैधानिक अध्यादेशको बिरुद्धमा प्रमुख प्रतिपक्ष दलका सांसद नाराबाजी गर्दै। तस्वीरः प्रदीपराज वन्त, रासस


प्रतिक्रिया दिनुहोस्