छोरा प्रकाश र दाईसँग विप्लवको भेटघाट

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले पुत्र प्रकाश चन्द र आफ्ना दाजु चन्द्रबहादुर चन्द ‘विरजङ्ग’सँग भेटघाट गरेका छन्।

आज काठमाडौंबाट गृहजिल्ला कपिलवस्तु जानेक्रममा विप्लवले चितवन कारागार पुगेर दाजू विरजङ्गलाई भेटेका हुन।

नेकपाका केन्द्रीय सदस्य मध्य पश्चिम कमाण्ड इन्चार्ज रहेका वीरजङ्गलाई गत २०७५ असोज २९ गते दाङबाट प्रहरीले पक्राउ गरेको थियो। हाल उनी चितवन जिल्ला कारागारमा छन्।

झण्डै आधा घण्टाको भेटमा विप्लवले दाजुको स्वास्थ्य अवस्थाका बारेमा विस्तृत रुपमा जानकारी लिएका थिए।

दाजु चन्द्रले भाइलाई आफूलाई भएको कोरोना सङ्क्रमणदेखि अन्य समस्याका बारेमा अवगत गराएका थिए।

सरकार र विप्लव नेकपाबीच ३ बुँदे सहमति भएपनि अझै विप्लव नेतृत्वको नेकपाका धेरै नेता कार्यकर्ता जेलमै छन्। प्रक्रिया पुर्याएर छाडिने सरकारले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्